
धादिङबेसी चैत्र १२ । संघीय सरकारले मुलुकभर लकडाउन गरेको छ, सर्वसाधारणलाई घरभन्दा बाहिर ननिस्कन आव्हान गरि रहेको छ ।
यता नीलकण्ठ नगरपालिका धादिङले भने धादिङबेसी बजारमा १५ स्थानमा हात धुने व्यवस्था सहित बुधबार ड्रम राखेको छ । उक्त ड्रममा नगरपालिकाको दमकलले थोपलखोलाबाट पानी ल्याएर हालेको थियो ।
मानिसहरु घर भित्र छन्, नीलकण्ठ नगरपालिका भने दमकल प्रयोग गरेर थोपल खोलाको फोहोर पानी उठाई बजारका १५ ठाउँ राखिएको ड्रममा हालि रहेका छ, के तमास हो, यो कल्ले हात धुन राखेको त्यो पानी, एक स्थानीयले बताए ।
नगर क्षेत्र भित्र कति मान्छे भारत लगायत विदेशबाट भित्रिएका छन्, त्यो तथ्याङ्क नगरपालिका सँग छैन् । लकडाउनलाई कडाई गर्नुका साटो हात धुन सडकमा आउ भन्ने अभिप्रायले सडकको ठाउँ ठाउँमा हात धुने व्यवस्था गरिनु सस्तो लोकप्रियताका लागि भएको स्थानियहरु बताउँछन् ।

धादिङबेसी स्थित सिरानबजार चोक, सिरानबजार चौतारो र लखन थापा चोक, फिल्महल चोक,पुछारबजार चोक लगायतका १५ ठाउँमा बुधबार नीलकण्ठ नगरपालिकाले हात धुने व्यवस्थाको लागि भन्दै ड्रम पानी राखेको छ ।

