
धादिङ चैत्र १२ । जिल्ला विपद व्यवस्थापन समिति धादिङको अगुवाइमा धादिङबेसी स्थित खुल्लामञ्च टुडिखेलमा कोरोना भाइरसका शंकास्पद व्यक्तिलाई राख्न ४० वटा क्वारेन्टाइन कक्ष बनाईएको छ । उक्त प्रत्येक कक्षमा २/२ वटा बेड रहेका छन् ।
मंगलबार मात्र नगरपालिका, जिल्ला अस्पताल, रेडक्रसको समन्वयमा वन कार्यालयको भवन प्रयोग गरि ३५ सैयाको क्वारेन्टाइन बनाईएको थियो भने बुधबार खुल्ला मञ्चमा थप ४० वटा क्वारेन्टाइन कक्ष बनाईएको हो ।
प्रदेश सरकारले ६० वटा टेन्ट पठाए पनि खुल्ला मञ्चमा ४० वटा मात्र क्वारेन्टाइन कक्ष बनाईएको छ अन्य २० वटा टेन्ट आपतकालिन अवस्थामा जहाँसुकै ठाउँमा राख्न सकिने गरी व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारीअसमान तामाङले बताए ।

