धादिङको गल्छीमा १६ जना क्वारेन्टाइनमा राखियो

Avatar photo
Dhadingpost
चैत्र १२, २०७६

धादिङ चैत्र १२ । धादिङको गल्छी गाउँपालिका स्थित गल्छीमा रहेको क्वारेन्टाइन कक्षमा १६ जनालाई राखिएको छ ।

बुधबार भारतबाट गल्छी गाउँपालिका २ मा घर आएका उनीहरु १६ जनालाई नै बागेश्वरी माध्यमिक विद्यालयमा स्थापना गरिएको क्वारेन्टाईन कक्षमा राखिएको बताईएको छ ।

बागेश्वरी माध्यमिक विद्यालय गल्छिमा स्थापना गरिएको क्वारेन्टाईन कक्षमा तत्कालको लागि २५ जना राख्न मिल्ने गरी बनाईएको गाउँपालिकाले जनाएको छ ।