
धादिङ चैत्र १२ । धादिङको गंगा जमुना गाउँपालिकाका ७ बुढाथुमका कृष्ण अधिकारी र प्रतिमा थापा (अधिकारी) दम्पतीले काठमाडौमा रहेको घरको भाडा नलिने बताएका छन् ।
काठमाडौं चन्द्रागिरीमा रहेको उनको घरमा ८ कोठा भाडामा दिएका छन् । कोरोना भाईरसको संक्रमण रोक्न सरकारले निर्णय गरेको लकडाउनबाट डेरामा बस्नेहरुलाई साँच्चै गाह्रो भएको हुनाले कम्तिमा १ महिना देखि कोरोनाको कारण काममा फर्कन नसक्ने स्थिति सम्म घर भाडा नलिने बताएका हुन् ।
तपाईहरु सुरक्षित रहन, घर बाहिर ननिस्कन भनेको छु, ४ परिवारका झन्डै २५ जना बस्दै आएका छन् । यो अवस्थामा पैसा भन्दा पनि मानवियता देखाउनु पर्ने अधिकारी दम्पती बताउँछन् ।
