भारतबाट आएका एउटै गाउँका ९ जनालाई धादिङबेसीको क्वारेन्टाईन राखियो

Avatar photo
Dhadingpost
चैत्र ११, २०७६

धादिङ चैत्र ११ । धादिङको नीलकण्ठ नगरपालिका ६ सुनौलाबजार भोर्लेमा भारतबाट सोमबार साँझ घर आईपुगेका ९ जनालाई धादिङबेसीमा बनाईएको क्वारेन्टाईन कक्षमा राखिएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी नायव उपरिक्षक रुपक खड्काका अनुसार उनिहरुमा सबै रोजगारीको शिलशिलामा भारत रहेका थिए, उनीहरुलाई मंगलबार गाउँबाट ल्याएर क्वारेन्टाईन कक्षमा राखिएको बताएका हुन् ।

नौं जनामा नै स्वास्थ्यगत समस्या केहि देखिएको छैन । तर पनि कोरोना प्रभावित मुलुक भारतबाट आएको हुनाले क्वारेन्टाईन राखिएको प्रहरी उपरिक्षक खड्काले धादिङपोष्टलाई बताए ।

लकडाउन भए सँगै धादिङबेसीमा रहेको वन कार्यालय धादिङको भवनलाई ३५ वेडको क्वारेन्टाईन स्थलको बनाईएको थियो ।