‘लकडाउन’ गर्न सेनाको सुझाव

Avatar photo
Dhadingpost
चैत्र १०, २०७६

काठमाडौं चैत्र १० । नेपाली सेनाले कोरोना भाईरसको संक्रमणलाई रोकथाम तथा नियन्त्रणको लाई सरकालाई ‘लकडाउन’ गर्न सुझाव दिएको छ ।

स्रोतका अनुसार सरकारको अपील पछि पनि खुला सीमा र सार्वजनिक स्थलमा भीडभाड नरोकिएपछि सेनाले ‘लकडाउन’ मा जान सरकारलाई सुझाव दिएको हो ।

सैनिक मुख्यालयले कुनै पनि बेला लकडाउन हुन सक्ने भएकाले त्यसको लागि तयारी हालतमा रहन सबै प्रदेशका पृतनालयहरुलाई निर्देशन दिएको छ ।

सरकारले औपचारिक निर्णय गरेर निर्देशन दिन साथ ‘लकडाउन’का लागि परिचालित हुनुपर्ने अवस्था आउनसक्ने अनौपचारिक सर्कुलरसहित तयार रहन जंगी अड्डाले पृतना मुख्यालयलहरुलाई आदेश दिइसकेको छ ।

‘लकडाउन’ घोषणा भएपछि सेना सहित नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभाग समेत परिचालन हुने छन् ।