
धादिङ चैत्र १० । धादिङका बेनिघाट रोराङ गाउँपालिकाले कोरोना भाईरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि वडा स्थरिय कार्ययोजना बनाएको छ ।
कार्ययोजनामा प्रत्यक वडाले विदेशबाट फर्किआएका व्यक्तिहरुको आद्यावधिक गरि आश्यक रेखदेख तथा निगरानी गर्ने र सो को संख्यात्मक विवरण दैनिक रुपमा गाउँपालिकामा प्रतिवेदन पठाउनु पर्ने, सावर्जनिक सवारी साधनहरुले सिट भन्दा बढी यात्रु हाले नहालेको अनुगमन गर्नु पर्ने रहेका छन् ।
गाउँपालिकाका सूचना अधिकारी परशुराम घिमिरेले जारि सुचना जारी गर्दै वडा स्तरिय कार्ययोजनामा सरकारले अवलम्बन गरेका कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणका सर्तहरु पूण रुपमा कार्यन्वयन गर्न समेत अनुरोध गरेका छन् । ।

