धादिङ चैत्र १० । धादिङबेसीमा उद्योग व्यवसायीहरुको सर्वपक्षयीय बैठक सम्पन्न भएको छ ।
धादिङ उद्योग वाणिज्य संघको समन्वयमा सम्पन्न भएको बैठकले चैत्र १४ गते सम्म सरकारले तोकेको अत्यावश्यक सेवा वाहेक सबै सेवाहरु बन्द गर्ने निर्णय गरेको छ ।
बैठकले कोरोना भाईरसको संक्रमणको रोकथामका लागि नेपाल सरकारले गरेको निर्णयहरु कार्यान्वय गर्ने गरि जिल्लामा संचालित उद्योग, कलकारखाना, व्यापार व्यवसाय, संघ संस्थाको कार्यालय, यातायात व्यवसाय चैत्र १४ गते सम्म वन्द गर्ने निर्णय गरेको हो ।
बैठकले गरेको निर्णय कार्यान्वन भए नभएको अनुगमन गर्न ११ सदस्यीय समिति समेत गठन गरेको छ ।



