१८० देशमा पुग्यो कोरोना

Avatar photo
Dhadingpost
चैत्र १०, २०७६

काठमाडौं चैत्र १० । विश्व व्यापी बन्दै गएको कोरोना भाइरसको संक्रमण १८० देश पुगेको छ । विश्वभर हिजो एकै दिन १ हजार ६ सय जनाको मृत्यु भएको छ भने, सबैभन्दा बढी इटलीमा ६ सय ५१ जनाको मृत्यु भएको छ ।

स्पेनमा ३ सय ७५, अमेरिकामा १ सय १४, इरानमा १ सय २९ तथा फ्रान्समा १ सय १२ जनाको मृत्यु भएको छ । त्यस्तै कोरोना संक्रमणबाट बेलायतमा ४८ तथा नेदरल्याण्डस्मा ४३ जनाको मृत्यु भएको छ ।

इटलीमा हालसम्म मृत्यु हुनेको संख्या ५ हजार ४ सय ७६ पुगेको छ । त्यस्तै स्पेनमा मृत्यु हुनेको संख्या १ हजार ७ सय ५६ पुगेको छ । इरानमा मृत्यु हुनेको संख्या १ हजार ६ सय ८५ पुगेको छ । हिजो अमेरिकामा सबैभन्दा बढी ८ हजार ५ सय ७६ जना नयाँ संक्रमित थपिएका छन् ।

योसँगै विश्वका १ सय ८० भन्दा बढी देश र विभिन्न क्षेत्रमा फैलिएको कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १४ हजार ६ सय १३ पुगेको छ। संक्रमितको संख्या ३ लाख ३६ हजार ७५ पुगेको छ भने झण्डै एक लाख मानिस उपचारपछि निको भएका छन् ।

x