
धादिङ चैत्र ८ । धादिङको गजुरी गाउँपालिका स्थित आदमघाटमा चितुवाले आक्रमण गर्दा त्यहा कार्यरत शसस्त्र प्रहरी जवान हस्त बहादुर सापकोटा घाईते भएका छन् ।
आदमघाटका जीवन श्रेष्ठको घरको पूजा कोठामा चितुवा प्रवेस गरेपछि स्थानियले नजिकै रहेको शसस्त्र प्रहरी क्याम्पमा खवर गरेका थिए उक्त चितुवा नियन्त्रणमा खटिएका शसस्त्र प्रहरी जवान सापकोटालाई चितुवाले आक्रमण गरेको थियो ।
नेत्रावती डबजोङ गाउँपालिका वडा नम्बर ७ का हस्त बहादुर सापकोटा केहि समय पहिला देखि सशस्त्र प्रहरी बल आदमघाटमा कार्यरत थिए ।
शुक्रबार भएको यस घटना पछि प्रहरी कार्यालय गजुरी र शसस्त्र प्रहरी बल आदमघाटबाट खटिएको टोलीले चितुवालाई नियन्त्रण लिएको थियो । फाेटाे फाईल

