नेत्रावती डब्जोङद्वारा हात धुने व्यवस्था

Avatar photo
Dhadingpost
चैत्र ७, २०७६

धादिङ चैत्र ७ । धादिङको नेत्रावती डब्जोङ गाउँपालिकाले विभिन्न १३ सार्वजनिक ठाउँहरुमा हात धुने व्यवस्था मिलाएको छ ।

विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरस संक्रमणबाट जोगिन नेत्रावती डब्जोङले गाउँपालिकामा, सबै वडा कार्यालय र गाउँपालिका भित्र रहेका स्वास्थ्य संस्थाहरुमा सेवाग्राहीहरुको लागि हात धुने व्यवस्था मिलाएको हो ।

गाउँपालिकाका कर्मचारीहरुलाई समेत हात होएर मात्र सेवा दिन निर्देशन दिएको यस गाउँपालिकामा सेवाग्राहीलाई साबुन पानी राखिएको छ भने हातधुन समेत सिकाउने गरिएको स्वास्थ्य संयोजक कृष्ण बहादुर पौडेलले धादिङपोष्टलाई बताए ।

हात धुँदा विश्व स्वास्थ्य संगठनले तयार पारेको निम्न विधि अवलम्बन गर्नु जरुरी छ

  • हातलाई पानीले भिजाउने र हातको अगाडी पछाडी दुवैतर्फ साबुन दल्ने ।
  • दुवै हातलाई एक आपसमा दल्ने र साबुन फिजाउने ।
  • दाहिने हातलाई देव्रे हातमाथि राख्ने र औंलाहरुको बिचमा पनि पर्ने गरि दल्ने र देव्रे हातमा पनि सो दोहोराउने ।
  • दुवै हात जोडेर औंलाहरूको बीचमा सफा गर्ने ।
  • दुई हातलाई एक आपसमा मुट्ठी पारेर कस्ने र औंलाको पछाडीको भाग सफा गर्ने ।
  • दाइने बुढी औलालाई देव्रे मुठ्ठीले समात्ने अनि सफा गर्ने र अर्को हातमा पनि दोहोर्याउने ।
  • सफा पानीले हात पखाल्ने ।
  • हातलाई सफा रुमालले पुछ्ने ।