एसइई स्थगित पछि घर फर्कन विद्यार्थीलाई चटारो

Avatar photo
Dhadingpost
चैत्र ६, २०७६

धादिङ चैत्र ६ । सरकारले कोरोना भाईरसको संक्रमणलाई रोक्न बुधबार गरेको निर्णय अनुसार एसइई परिक्षा समेत स्थगित हुन पुग्यो ।

घण्टौं हिडेर अघिल्लो दिन नै परिक्षा केन्द्र आसपास आएर बसेका विद्यार्थीहरु परिक्षा स्थगित भएपछि बिहिबार घर फर्कन चटारोमा देखिन्थे । अब परिक्षा कहिले हुन्छ भन्ने अन्यौता बीचमा नै विद्यार्थीहरु विहिबार आ आफ्नो घर फर्केका छन् ।

धादिङ जिल्लाबाट ५ हजार ६ सय ५७ र एक्जाम्टेड तर्फ २३ गरी कुल ५ हजार ६ सय ८० जना विद्यार्थीले एसइई दिने तयारीमा थिए ।

(तस्वीरः कृष्ण राना, मण्डली फुलखक परिक्षा केन्द्रबाट घर फर्कदै गरेका विद्यार्थीहरु)

धादिङमा एसईई दिन २६ वटा केन्द्र तय

x