
धादिङ चैत्र ६ । नीलकण्ठ नगरपालिकाको वडा नं. १४ धुवाँकोटको कार्यालय पात्लेस्थित गोनेडाँडामा नसार्न नेपाली कांग्रेस, नीलकण्ठ नगरपालिका वडा कार्यसमितिले दवाव दिएको छ ।
धुवाँकोटका स्थानियवासीहरुलाई अपाएक पर्ने गरि कार्यालय वडा कार्यालय सार्न खोजिएकाले नसार्न दवाव दिँदै काँग्रेस वडा समितिले नगर प्रमुख भिमप्रसाद ढुङ्गानालाई ज्ञापन पत्र बुझाउँदै दवाव दिएको हो ।
ज्ञापन पत्रमा भनिएको छ, उक्त स्थान वडा नं. १४ का करिब ८०५ भन्दा बढी जनसंख्या९साविक धुवाँकोटका ७ वटा वडाका वासिन्दालाई पूर्णतया अपायक पर्ने र जनताले सेवा लिन दुःख भोग्नुपर्ने हुन्छ । जनताले सहज रूपमा सेवा पाउनुपर्ने संघीयताको मर्म, नगरपालिकाले भँगेरीस्थानमा निर्माण गर्न गरेको निर्णय र जनचाहना तथा जनहितको पूर्णतया विपरीत अर्को स्थानमा निर्माण गर्न थालिनु आपत्तिपूर्ण र निन्दनीय छ ।
नीलकण्ठ नगरपालिका, वडा नं. १४, वडा समितिले आफ्नो वडा कार्यालय भवन पात्लेस्थित गोनेडाँडा स्वास्थ्यचौकीको नाममा रहेको जग्गामा भवन निर्माण कार्य सुरु गरि सकेको छ ।
ज्ञापन पत्र जस्ताको तस्तै:


