पञ्चायत विरोधी अगुवा धादिङका रामलाल श्रेष्ठको निधन

Avatar photo
Dhadingpost
चैत्र ६, २०७६

धादिङ चैत्र ६ । धादिङबेसी बीचबजार निवासी रामलाल श्रेष्ठको चिरायु अस्पताल बसुन्धरामा बिहिबार दिउँसो ३ बजे निधन भएको छ ।

पञ्चायत विरोधि आन्दोलनका लागि तात्कालिन वामपन्थी पार्टीहरुले गठन गरेका चम्किलो युवा समाजको संस्थापक अध्यक्ष समेत रहेका श्रेष्ठको जण्डिसको उपचारको क्रममा चिरायु अस्पताल बसुन्धरामा निधन भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागमती प्रदेशका सचिवालय सदस्य रामबहादुर भण्डारीले बताए ।

साना तथा मझौला व्यवसायी महासंघ धादिङका अध्यक्ष तथा निमार्ण व्यवसायी संघ धादिङका सदस्य समेत रहेका श्रेष्ठ राजनितिक हिसावले मोहन वैद्यले नेतृत्वमा रहेको नेकपा क्रान्तिकारी माओवादी धादिङको जिल्ला सदस्य थिए ।

सामाजिक काममा सधैं अग्रसर देखिने श्रेष्ठ जन्डीस बिग्रिय पछि केहि दिन देखि किड्नी र लिभरले काम गर्न छाडेकोले अस्पताल भर्ना भएका थिए ।

x