केटाकेटीले आगो खेलाउँदा चार घर जल्यो

Avatar photo
Dhadingpost
चैत्र ६, २०७६

खोटाङ चैत्र ६ । हलेसी तुवाचुङ नगरपालिका–९ सल्ले हात्तीटार खोटाङमा केटाकेटीले आगो खेलाउँदा चार घरमा आगलागी भएको छ ।

केटाकेटीले खेलाएको आगो हावाले उडाएर घर सल्किँदा लोकेन्द्र माझी, जोखे माझी, सीतादेवी माझी र झनबहादुर थापाको घर जलेर नष्ट भएको प्रहरीले जनाएको हो ।

आगलागीबाट झनबहादुरको अनुमानित ८ लाख रुपैयाँ, लोकेन्द्रको ५ लाख रुपैयाँ, जोखेको ५ लाख र सीतादेवीको करिब ४ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ ।

आगोलागीबाट मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । मंगलबार अपराह्न भएको आगलागी स्थानीयवासीले साँझ मात्र नियन्त्रणमा लिएका थिए ।

x