बेनिघाट रोराङद्वारा विद्यार्थीलाई विदा शिक्षकलाई स्कुल जान निर्देशन

Avatar photo
Dhadingpost
चैत्र ५, २०७६

धादिङ चैत्र ५ । धादिङको बेनिघाट रोराङले गाउँपालिका भरि रहेको सामुदायीक तथा संस्थागत विद्यालयलाई निर्देशन दिँदै सूचना जारी गरेको छ ।

चैत्र ४ गते कक्षा १ देखि ९ सम्मका विद्यार्थीहरुको वार्षिक परिक्षा सकिए सँगै गाउँपालिकाले विश्वभर फैलिईरहेको कोरोना भाईसरको संक्रमण रोक्न विद्यार्थीहरुको लागि चैत्र महिनाभर विदा दिने तर शिक्षकहरुलाई नियमित विद्यालय जान निर्देशन गर्दै सूचना जारी गरेको हो ।

गाउँपालिकाका प्रशासकीय अधिकृत लक्ष्मण प्रसाद भट्टराईद्वारा हस्ताक्षरित सूचनामा शिक्षकहरुले विद्यालयमा गएर गर्नु पर्ने काम समेत तोकिएको छ ।

चैत्र महिनाभर शिक्षकहरुले पढाउन नपरे पनि यो समयमा उत्तरपुस्तिका परिक्षण, नतिजाको तयारी, नतिजा विष्लेषण गर्ने र प्रतिवेदन तयारी, विषयगत शैक्षिक सामाग्री निर्माण तथा संकलन देखि विद्यालय सरसफाई, विद्यालयमा फुलबारी विकास तथा हरियाली विद्यालय निमार्ण गर्ने जिम्मा दिईएको छ ।

x