दैनिक उपभोग्य वस्तु अभाव हुन दिँदैनौं -महासचिव डल्लाकोटी

Avatar photo
Dhadingpost
चैत्र ४, २०७६

धादिङ चैत्र ४ । धादिङ उद्योग वाणिज्य संघका महासचिव लोकनाथ डल्लाकोटीले एक सूचना जारी गर्दै, धादिङमा दैनिक उपभोग्य वस्तुहरुको अभाव हुन नदिने बताएका छन् ।

उद्योग व्यवसायीहरुको संगठन धादिङ उद्योग वाणिज्य संघको तर्फबाट सोमबार एक सूचना जारी गर्दै महासचिव डल्लाकोटीले कोरोनाको संक्रमण रोक्न विश्वनै लागि रहेको अवस्थामा व्यवसायीहरुलाई सर्व सुलभ, सुपथ मुल्यमा सहज वितरणका लागि समेत आग्रह गरेका छन् ।

सूचनामा भनिएको छ, कोरोना भाईरसबाट नागरिकहरुको सुरक्षा गर्न एवम् सहज आपूर्ति र विक्रि वितरणका लागि नेपाल सरकार सँग सहकार्य गर्न धादिङ उद्योग वाणिज्य संघ प्रतिवद्ध रहेको जानकारी गराउँदछौं ।