
धादिङबेसी चैत्र ३ । धादिङबेसी स्थित लखन थापा स्मृती चोकमा जिल्ला समन्वय प्रमुख जगन्नाथ नेपालले एक कार्यक्रमका बीच दलित समावेसी पत्रिका विमोचन गरेका छन् ।
राष्ट्रिय दलित पत्रकार संघ धादिङ लगायत ५ वटा दलित क्षेत्रका सक्रिय संस्थाहरु मिलेर प्रकाशनमा आएको दलित समावेसी पत्रिका सोमबार एक कार्यक्रमका बीच जिल्ला समन्वय प्रमुख नेपालले उद्घाटन गरेका हुन् ।
कार्यक्रममा दलित समुदायका समस्या तथा चुनौतीहरुको बारेमा आम सरोकारवाला सामु जानकारी गराउने र दलित समुदायलाई सबै क्षेत्रमा अभिप्रेरित गराउने ध्ययका साथ पत्रिका प्रकाशनमा ल्याईएको प्रधान सम्पादक वसन्त परियारले बताएका थिए ।

कार्यक्रममा नेकपा प्रदेश सचिवालय सदस्य राम बहादुर भण्डारी, नेकपा जिल्ला सचिव विजय बुर्लाकोटी, प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख रविन्द्र रेग्मी, नेत्रावती डबजोङ गाउँपालिकाका अध्यक्ष दुर्गा कुमार शाक्य, लगायतको आतिथ्यता रहेको थियो ।
पत्रिकाको सम्पादकमा हरि विश्वकर्मा, कार्यकारी सम्पादकमा अनिलकुमार नेपाली, भाषा सम्पादनमा रघु परियार र व्यवस्थापनमा उाकराज मगराती, रोसनी नेपाली र कुमार विश्वकर्मा रहेका छन् ।

