
काठमाडौं चैत्र ३ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले नयाँ शैक्षिक सत्रदेखि विद्यालय समय बिहान ९ देखि ४ बजेसम्म विद्यालय सञ्चालन गराउनु पर्ने निर्णय गरेको छ ।
सरकारको निर्णय सँगै अब देशभरका सबै विद्यालयहरुले बिहान ९ बजेदेखि ४ बजे पठन पाठन गर्ने छन् । यसअघि आधिकारिक विद्यालय समय १०–४ थियो ।
प्रधानमन्त्री कार्यालयको निर्देशनअनुसार आइतबार शिक्षा मन्त्रालयले विद्यालय सञ्चालनको नयाँ समय कार्यान्वयबारे सरोकारवालासँग छलफल गरेको थियो ।
कार्यालय समय समान हुँदा सडकमा सवारी साधनको चाप बढ्ने र ट्राफिक जामको समस्या पनि हुने निष्कर्ष सहित विद्यालय समय हेरफेर गरिएको अधिकारीहरु बताउँछन् ।

