ईटालीमा कोरोना संक्रमणः पछिल्लो २४ घण्टामा ३ सय ६८ मृत्यु

Avatar photo
Dhadingpost
चैत्र ३, २०७६

काठमाडौं चैत्र ३ । चीन पछि ईटाली कोरोनाबाट सबै भन्दा बढीको संक्रमणको चपेटामा परेको छ ।

पछिल्लो २४ घण्टामा मात्रै ईटालीमा ३ सय ६८ जनाको मृत्यु भएको इटालिका संचार माध्यमहरुले बताएका छन् । यो सगैं ईटालीमा मृत्यु हुनेको संख्या १८०९ पुगेको छ । संक्रमित हुनेको संख्या पनि २४ हजार ७ सय ४७ पुगेको छ ।

यसैगरी स्पेनमा पछिल्लो २४ घण्टामा ९७ जनाको मृत्यु भएको छ । त्याहाँ पनि मृत्यु हुनेको संख्या २ सय ६८ पुगेको छ भने संक्रमितको संख्या एकै दिनमा दुई हजारले बढेर १४ हजार पुगेको छ ।

यस्तै फ्रान्समा पछिल्लो २४ घण्टामा २९ जनाको मृत्यु भएको छ । फ्रान्सले रेष्टुरेन्ट, क्याफे, सिनेमा हल , स्कुल सबै बन्द गरेको छ ।

त्यसैगरी बेलायतमा २४ घण्टामा १४ जनाको ज्यान गएको छ । योसगैँ त्याहाँ मृत्यु हुनेको संख्या ३५ पुगेको छ । उता अमेरीकामा पनि मृत्यु हुनेको संख्या ६० पुगेको छ भने संक्रमितको संख्या ३ हजार नाघेको छ ।
स्वीजरल्याण्डमा २४ घण्टामा १४ जनाको ज्यान गएको छ भने कुल प्रभावित २२ सय पुगेको छ ।

दक्षिण एशियाली मुलुक भारत र पाकिस्तानमा पनि कोरोना प्रभावितको संख्या बढीरहेको छ । भारतमा दुईको मृत्यु भएको छ भने प्रभावितको संख्या एक सय ६ पुगेको छ । पाकिस्तानमा पनि संक्रमितको सख्या ५३ पुगेको छ ।

x