स्वास्थ्यकर्मीलाई विदा नदिईने

Avatar photo
Dhadingpost
चैत्र १, २०७६

काठमाडौं चैत्र १ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मीलाई विदा ननदिने निर्णय गरेको छ ।

मन्त्रालयको कर्मचारी प्रशासन शाखाका उपसचिव प्रमोद सिंखडाले शुक्रबार एक सूचना जारी गर्दै स्वास्थ्य संस्थामा कार्यारत स्वास्थ्यकर्मीको बिदा स्वीकृत नगर्न सातै प्रदेश, स्वास्थ्य सेवा विभाग, आयुर्वेदिक तथा वैकल्पिक चिकित्सा विभाग, औषधि व्यवस्था विभाग, संघीय अस्पताल र स्थानीय तहलाई अनुरोध गरेका हुन् ।

विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसलाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको उपसचिव सिंखडाले जनाएका छन् ।