रेडक्रस धादिङ शाखाको निर्वाचन सम्पन्न (मत परिणाम समेत)

Avatar photo
Dhadingpost
फाल्गुन ३०, २०७६

धादिङ फागुन ३० । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाको निर्वाचन सम्पन्न भएको छ ।

कोषाध्यक्ष पद बाहेक पदाधिकारीका सबै पद निर्वाचन पूर्व नै निविरोध भए पनि कोषाध्यक्ष सहित सदस्य पदका लागि शुक्रबार निर्वाचन भएको थियो ।

निर्वाचन पूर्व नै निर्विरोध निर्वाचित हुनेमा सभापतिमा नारायण तिमल्सिना, उप सभापतिमा शान्तिकुमारी श्रेष्ठ र डोलबहादुर अधिकारी मन्त्रीमा दुर्लभ कुमार तामाङ, उपमन्त्रीमा नारायण कुमार श्रेष्ठ र उप कोषाध्यक्षमा केशव अधिकारी रहेका थिए ।

शुक्रबार सम्पन्न भएको निर्वाचनमा १५४ मत खसेको थियो भने १४ जना मतदाता मतदानमा उपस्थिति देखिएन ।

कोषाध्यक्षमा भारि १०१ मतका साथ कृष्ण लम्साल विजयी बने भने उनको प्रतिद्वन्दी मंग तामाङले ४५ मत र मनिश दुवाडीले २ मत प्राप्त गरेका थिए ।

यस्तै सदस्यहरुमा मिम्बा तामाङ, जीवन कुमार घिमिरे, राजन सिंखडा, भरत कोईराला, नवराज अधिकारी, सोम्बोले तामाङ, ध्रुवबहादुर थापा, माया देवि शर्मा, गंगोत्री चौलागाई, अप्सरा सिंखडा विजयी भएका छन् ।

मत परिणाम यस्तो थियो ।