धादिङबेसीमा कोरोना भाइरसको संक्रमण रोक्न हेल्प डेस्क स्थापना

Avatar photo
Dhadingpost
फाल्गुन ३०, २०७६

धादिङ फागुन ३० । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोनाभाइरसको सङ्क्रमण रोक्ने उद्धेश्यले जनचेतनाका लागि धादिङबेसीमा हेल्प डेक्स राखिएको छ ।

नीलकण्ठ नगरपालिका धादिङ, स्वास्थ्य कार्यालय धादिङ, जिल्ला अस्पताल धादिङ, जिल्ला प्रहरी कार्यालय धादिङ र सशस्त्र प्रहरी बल धादिङको समन्वयमा धादिङबेसी पुछार बजारमा हेल्प डेस्क स्थापना राखिएको हो ।

सदमुकामबाट बाहिरिने र भित्रिने लामो तथा छोटो दुरीका सवारी साधनका यात्रुहरुलाई कोरोना भाईरसको संक्रमणबाट कसरी बच्ने जानकारी दिने र कोही सङ्कास्पद बिरामी फेला परेमा पहिचान गर्ने हेल्प डेक्सको काम हुने बताईएको छ ।