रेडक्रस धादिङको मतदान सुरु (यस्ता छन् उम्मेदवारहरु)

Avatar photo
Dhadingpost
फाल्गुन ३०, २०७६

धादिङ फागुन ३० । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा धादिङको नयाँ कार्य समिति चयनका लागि मतदान सुरुभएको छ ।

कोषाध्यक्ष पद बाहेक अन्य पदाधिकारीहरु पदमा बिहिबार नै निर्विरोध निर्वाचित भएका छन् भने निर्विविरोध नभएको पदका लागि शुक्रबार बिहान ११ बने देखि मतदान प्रक्रिया सुरुभएको हो ।

निर्विरोध निर्वाचित हुनेमा सभापति पदका उम्मेदवार नारायण तिमल्सिना, महिला उपा- सभापतिमा शान्तिकुमारी श्रेष्ठ, खुल्ला उपा-सभापतिमा डोलबहादुर श्रेष्ठ, मन्त्रीमा दुर्लभ कुमार तामाङ, उप-मन्त्रि पदमा नारायण कुमार श्रेष्ठ र उप-कोषाध्यक्षमा केशव अधिकारी रहेका छन् ।

किन हुन सकेन कोषध्यक्ष सहित सदस्यहरुमा सहमति

पूर्व माओवादी केन्द्र निकट ११७ मत, पूर्व एमाले निकट ३२ मत र काँग्रेस निकट १२ मत रहेको रेडक्रसको नयाँ कार्य समिति गठनमा पूर्व माओवादी केन्द्र र पूर्व एमालेले ६०-४० मा पद भाग बण्डा गरे भने काँग्रेसले १ पदाधिकारी सहित २ सदस्य दावि गरेको थियो ।

काँग्रेसलाई १ सदस्य मात्र दिन सक्ने नेकपाले बताए सँगै काँग्रेस सहमतिबाट बाहिरिएको थियो भने कोषाध्यक्ष र सदस्य पदमा नेकपाको आन्तरिक निर्णय कार्यन्वयनमा उम्मेदवारहरु सहमति हुन सकेनन् र अन्तत मतदान पक्रियामा गएको एक रेडक्रस कर्मीले बताए ।

पदाधिकारीमा खुल्ला उपसभापति र कोषाध्यक्ष पूर्व एमालेकाले लिने नेकपाको आन्तरिक सहमति अनुसार उपसभापति डोलबहादुर निर्विरोध भए भने कोषाध्यक्षमा कृष्ण लम्साललाई पूर्व माओवादीका मंग तामाङले छाड्न तयार भएनन् ।

रेडक्रसमा राजनितिक हस्तक्षप नगर्न आग्रह गर्दै आएका तामाङ अन्ततः चुनावी मैदानमा अडिक रहे । यस्तै नेपाली काँग्रेस निकट मानिएका पत्रकार मनिश दुवाडी पनि कोषध्यक्ष पदमा चुनाव लडेका छन् ।

कस्ले बाजीमार्ला कोषाध्यक्ष पद
नेकपाले आन्तरकि सहमति गरे अनुसार आधिकारीक उम्मेदवारको रुपमा कृष्ण लम्साल नै हुन् । पार्टी निर्देशन मतदाताले माने भने फराकिलो मतान्तरमा लम्सालले जित्ने देखिन्छ, तर नेकपाको आन्तरिक गुटबन्धी, रेडक्रसमा पार्टी गुटको हस्तक्षेप अब कोषाध्यक्ष पदले उदाङ्गो परिने भन्नेहरुको संख्या हेर्दा मंग तामाङ पनि कमजोर उम्मेदवार नभएको एक मतदाताले बताए ।

उम्मेदवारहरुको अन्तिम नामावली