
काठमाडौं फागुन ३० । प्रहरीले धनुषाबाट अपहरणमा परेकी १४ वर्षीया बालिका करिना मोक्तानलाई २४ घण्टा पछि उद्दार गरेको छ ।
धनुषा र उदयपुर जिल्ला प्रहरीको संयुक्त अपरेशन टोलीले बालिकालाई अपहरणमा परेको झण्डै २४ घण्टापछि बिहीबार दिउँसो सवा ३ बजेतिर उदयपुरको कटारी नगरपालिका-१ अविलास जंगलबाट अपहरण मुक्त गरेको थियो ।
बालिकाको उद्धारसँगै प्रहरीले विप्लव नेकपाका १४ जना कार्यकर्तालाई समेत पक्राउ गरेको छ। पक्राउ पर्नेमा ८ जना पुरुष र ६ जना महिला रहेको जिल्ला प्रहरी कार्यालय धनुषाको प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले बताए । (फाईल फोटो)

