
धादिङ फागुन २९ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाको फागुन ३० गते (शुक्रबार) हुने निर्वाचन पूर्व नै सभापति सहित छ जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् ।
निर्विरोध निर्वाचित हुनेमा सभापति पदका उम्मेदवार नारायण तिमल्सिना, महिला उपा- सभापतिमा शान्तिकुमारी श्रेष्ठ, खुल्ला उपा-सभापतिमा डोलबहादुर श्रेष्ठ, मन्त्रीमा दुर्लभ कुमार तामाङ, उप-मन्त्रि पदमा नारायण कुमार श्रेष्ठ र उप-कोषाध्यक्षमा केशव अधिकारी रहेका छन् ।
सभापति पदका उम्मेदवारहरु जंगबहादुर तामाङ र केशरी प्रसाद पन्तले उम्मेदवारी फिर्ता लिए सँगै तिमल्सिना निर्विरोध सभापतिमा निर्वाचित भएका हुन् भने महिला उपाध्यक्षका उम्मेदवार लक्ष्मी शाह, खुल्ला उप सभापति पदका उम्मेदवार नेमबहादुर श्रेष्ठ, मन्त्रीका उम्मेदवार कृष्ण कुमार श्रेष्ठ, उपमन्त्री पदका उम्मेदवार विष्णु प्रसाद ढुङ्गाना र उप कोषाध्यक्ष पदका उम्मेदवार दिपक श्रेष्ठले उम्मेदवारी फिर्ता लिएका थिए ।
पदाधिकारी मध्ये कोषाध्यक्ष र सदस्यहरुको पदका लागि शुक्रबार निर्वाचन हुने भएको छ । १७ जनालाई निवार्चित गर्न २९ उपशाखाबाट आएका प्रतिनीधि जिल्ला कार्यसमिति, पदाधिकारी र मनोनित सदस्यहरु समेत गरी कुल १ सय ६७ मतदाताले मतदान गर्ने छन् ।
यी हुन् निर्विरोध हुने उम्मेदवारहरु

उम्मेदवारी फिर्ता गर्ने उम्मेदवारहरु

उम्मेदवारहरुको अन्तिम नामावली


