कोरोना सङ्क्रमण रोक्न भारतमा प्रवेशाज्ञामा रोक

Avatar photo
Dhadingpost
फाल्गुन २९, २०७६

एजेन्सी फागुन २९ । भारतले कोरोना सङ्क्रमण फैलन नदिन देश भित्रन सबै प्रवेशाज्ञा एक महिनाका लागि निलम्बन गरिएको घोषणा गरेको छ ।

भारतीय गैरआवासीय नागरिकहरूका हकमा लागु प्रवेशाज्ञा आवश्यक नपर्ने प्रावधान सहित १५ एप्रिल सम्मका निम्ति निलम्बन गरेको हो ।

भारत सरकारको यो कदमले देशमा पर्यटन, होटेल र हवाई सेवा उद्योगमा नकारात्मक प्रभाव पार्ने अनुमान गरिएको छ।

भारतमा हालसम्म कोभिड-१९ सङ्क्रमितहरूको आधिकारिक सङ्ख्या ६० जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

बुधवार राती भारत सरकारले जारी गरेको सुझावमा भनिएको छ- कुटनीतिक, सरकारी अधिकारी, रोजगारी र निश्चित परियोजना सम्बद्ध प्रवेशाज्ञाहरू हालको प्रतिबन्धको प्रावधानमा पर्दैनन् । यो व्यवस्थाको एकमहिनापछि पुन: समीक्षा गरिनेछ ।