
धादिङ फागुन २९ । गल्छी गाउँ पालिका ६ स्थित बाहुन पलाङका कृष्ण अधिकारीको २९ वर्षीय छोरा कविराज र गजुरी गाउँ पालिका ६ मिलनटार निवासी ध्रुव सुवेदीकी छोरी सपना सुवेदीको विवाह रोचक बनेको छ ।
दुलही सपना सुवेदीको उमेर नपुगी विवाह हुन लागेको उजुरी प्रहरीमा परेपछि प्रहरीले बाजागाजा सहित दुलही लिन गएको जन्तीलाई बुधबार बीच बाटोबाटै फकाएको थियो ।
केटीको उमेर २ महिना मात्र नपुगेको बताउँदै आएको दुलही पक्षले जन्ती फिर्ता भए पनि सुटुक्क वैवाहिक काम गरेर बेलुका दुलहीलाई पठाएको थियो ।
दुबै पक्ष राजीखुसी तयारी भव्य थियो तर दिउँसो आमा समुहको दबाबमा प्रहरीले बिहे रोकिदिएपछि राती बेहुलीलाई वैवाहिक विधि पुरा गरेर बेहुलाको घर पुर्याईयो ।
