नीलकण्ठले ब्याज अनुदानमा १५ लाख सम्म ऋण दिने

Avatar photo
Dhadingpost
फाल्गुन २८, २०७६

धादिङ फागुन २८ । धादिङको नीलकण्ठ नगरपालिकाले दुई वर्षमा सावाँ तिर्ने गरि ब्याज अनुदानमा १५ लाख सम्म ऋण दिने भएको छ ।

मेयर उद्यमशिलता विकास कार्यक्रम अन्तरगत नीलकण्ठले उद्यमशिल तालिम लिएका २८० जना लाई उद्यम गर्न ब्याज अनुदानमा ऋण दिने भएको हो ।

बुधरबार नेपाल बैंक लिमेटेड सँग उद्यमशिलता विकास कार्यक्रमलाई सफल बनाउन ब्याज अनुदान तथा सहुलियत ऋण प्रवाह सम्बन्धी नीलकण्ठले सम्झौता गरेको हो ।

सम्झौता कार्यक्रममा बोल्दै नगर प्रमुख भिम प्रसाद ढुङ्गानाले हाल मेयर उद्यमशिलता तालिम लिईएका २८० जनालाई ब्याज अनुदानमा ऋण दिन लागिए पनि विस्तारै अन्य साना लगानीमा उद्यम गर्न चाहानेहरुलाई पनि ब्याज अनुदानमा ऋण दिईने बताए ।

नगरपालिकाले ब्याज अनुदानमा ऋण दिन लागेको नेपाल कै पहिलो नगरपालिका भएको दावी गर्दै प्रमुख ढुङ्गानाले अब नीलकण्ठका नागरिकहरु ४० हजार कमाउन कै लागि विदेशीनु नपर्ने बताएका थिए ।

सम्झौता पत्रमा नेपाल बैंक लिमेटेड बागमती प्रदेशका प्रमुख सुन्दर पन्थी र नीलकण्ठ नगरपालिकाका प्रमुख ढुङगानाले हस्ताक्षर गरेका छन् ।