खेलाडी छनौट प्रतियोगितामा भाग लिन, चैत्र ५ गते भित्र निवेदन दिनुपर्ने

Avatar photo
Dhadingpost
फाल्गुन २८, २०७६

धादिङ फागुन २८ । जिल्ला खेलकुद विकास समिति धादिङले चैत्र ५ गते भित्र खेलाडी छनौट प्रतियोगिताको लागि निवेदन दिई सक्न खेलाडीहरुलाई आग्रह गरेको छ ।

चैत्र २ गते भित्र निवेदन दिने खेलाडीहरु बीच चैत्र ८ गते भित्र छनौट प्रतियोगिता गराईने र छनौट भएका खेलाडीहरुलाई चैत्र २१ देखि २८ सम्म हुने बागमती प्रदेश स्तरीय खेलकुद प्रतियोगितामा पठाईने बताईएका छ ।

जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रताप तामाङका अनुसार इच्छुक खेलाडीहरुले नगरपालिका गाउँपालिकाको सिफारिस सहित छनौट प्रतियोगितामा भाग लिनु पर्ने छ ।

धादिङका १३ वटै स्थानीय तहलाई खेलाडी छनौट गरि पठाउन पत्रचार गरिसकेको बताउँदै अध्यक्ष तामाङले खेलाडीहरुलाई गाउँपालिकाको छनौट सिफारिस लिएर आउन आग्रह समेत गरे ।

खेलका बिधाहरु

१. फुटबल
महिला/पुरुष
२. भलिबल
महिला/पुरुष

३. क्रिकेट
पुरुष

४. तेक्वान्दो
महिला ४६, ४९, ५३, ५७, ६२, ६७, ७३, +७३ के.जी, एकल र टिम पुम्से ।
पुरुष ५४, ५८, ६३, ६८, ७४ ,८०, ८७, +८७ के.जी, एकल र टिम पुम्से ।

५. कराते
महिला , ४५, ५०, ५५, ६१, ६८, +६८ के.जी एकल र टिम काता ।
पुरुष, ५०, ५५, ६०, ६७, ७५, ८४, +८४ के.जी ।

६. बक्सिङ
पुरुष, ४९, ५२, ५६, ६०, ६४, ६९, ७५, ८१, ९१, +९१ के.जी ।

७. ब्याडमिन्टन
– महिला /पुरुष, सिंगल, डबल, टिम

८. एथ्लेटिक्स
महिला/पुरुष, १०० मिटर, २०० मिटर, ४०० मिटर, ८०० मिटर, १५०० मिटर, ५००० मिटर, १०,००० मिटर, ४×१०० मिटर रिले, ४×१०० मिटर रिले, हाईजम्प, लङजम्प, त्रिपल जम्प, सटपुट, ज्याभलिन थ्रो, म्याराथुन, डिस्कस थ्रो, ११० मिटर हडल्स, ४०० मिटर, हडल्स ।

धादिङमा खेलाडी छनौट प्रतियोगिता हुँदै