
काठमाडौं फगुन २८ । नेपालमा कोरोनाको संक्रमण देखा परे नियन्त्रणका लागी चीनले पूरा सहयोग गर्ने जनाएको छ ।
मंगलवार कोरोनाको संक्रमण, नियन्त्रण र पूर्वतयारीका विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईसँगको भेटका क्रममा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले भाइरसको संक्रमण, नियन्त्रण र रोकथामका गर्न सबै खालका प्रविधि, औषधि र सूचना नेपाललाई दिन चीन तयार रहेको बताएकी हुन् ।

