ज्यान मारेको आरोपमा दुई जना पक्राउ

Avatar photo
Dhadingpost
फाल्गुन २७, २०७६

धादिङ फागुन २७ । प्रहरीले कर्तव्य ज्यान मुद्दा लागेका दुई जना प्रतिवादीलाई पक्राउ गरेको छ ।

सिद्धलेक गाउँपालिका ४ घर भएका ६३ वर्षिय गोपाले दमाईलाई ढुङ्गा प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

यस्तै नीलकण्ठ नगरपालिका १४ लाकुरीडाँडामा आफ्नै श्रीमती कान्छी माया परियारलाई फलामको ढुङ्ग्रोले हानेर हत्या गरेको आरोपमा लुरे बहादुर नेपाली समेत पक्राउ परेका छन् ।

राजेश बास्कोटा बेनिघाट रोराङ ३ शितलबजारबाट र नीलकण्ठ नगरपालिका १४ लाकुरीडाँडाबाट पक्राउ गरि अनुशन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी रुपक खड्काले बताए ।