
काठमाडौं फागुन २६ । फागुन शुक्ल पूर्णिमाका दिन मनाउने फागु पर्व यस वर्ष विश्वमा फैलिइरहेको कोरोना भाइरसका कारण प्रभावित हुने देखिएको छ ।
विष्णुका भक्त पह्लादलाई मार्न बहिनी होलिकाले प्रह्लादलाई काखमा राखेर अग्निमा दहन हुँदा होलिका मरेको र प्रह्लाद जिवीतै रहेको पु्राणको कथा प्रसंग यो पर्वसँग जोडिएको छ । होलिकाका कारण यो पर्वलाई होली पर्व भनिदै आएको छ ।
यही फागुन १९ गते वसन्तपुर दरबार पटांगिनीमा होलीको चीर गाडिएपछि यो पर्व शुरू भएको थियो तर कोरोना भाइरसका कारण सरकारले हुलमा जमघट नहुन भनेपछि शुरू दिनदेखि नै यो पर्व निराश भएको छ । आजको गोरखापत्र दैनिकमा खबर छ ।

