बेनी शिक्षा सदनद्वारा महिला शिक्षक सम्मानित

Avatar photo
Dhadingpost
फाल्गुन २६, २०७६

धादिङ फागुन २६ । बेनिघाट रोराङ गाउँपालिका स्थित बेनिघाटबजारमा रहेको बेनी शिक्षा सदनले विद्यालयमा अध्यापन गराउने महिला शिक्षकलाई सम्मान गरेको छ ।

प्याब्सन धादिङमा आवद्ध रहेको निजी विद्यालय बेनि शिक्षा सदनले ११० औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा एक विशेष कार्यक्रमको आयोजना गरि महिला शिक्षकहरुलाई सम्मान गरेको हो ।

कार्यक्रममा शिक्षक विद्यार्थीहरुले श्रमिक महिला र हाल नेपाल जोखिममा रहेको कोरोना भाईरसबाट जोगिनु पर्ने सन्देश मुलक कविता वचन समेत गरेका थिए ।

सहायक प्रधानाध्यापक विमला श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको उक्त महिला शिक्षक सम्मान कार्यक्रमको संचालन विद्यालय प्रधानाध्यापक दुर्गा प्रसाद सापकोटा आफैले गरेका थिए ।

यस अघिको समाचार

बेनी शिक्षा सदन स्कुलको बार्षिक उत्सव मनाईयो