
धादिङ फागुन २५ । धादिङको सिद्धलेक गाउँपालिका स्थित नलाङमा हुने भनिएको नि:शुल्क आँखा तथा दन्त शिविर स्थगित भएको छ ।
चक्रदेवी सामुदायिक समाज नेपाल र नलाङ मोडेल एकेडेमीको संयोजनमा फाल्गुण २७ देखि २९ सम्म हुने भनिएको उक्त नि:शुल्क शिविर नेपालमा कोरोना भाईरस संक्रमणको जोखिम बढेकोले स्थगित गरिएको शंकर सिलवालले बताए ।
कोरोना भाइरसको उच्च जोखिममा नेपाल रहेको कारण हाललाई शिविरका सबै कार्यक्रमहरु हाललाई स्थगित गरिएको समेत सिलवालले बताए ।

