
धादिङ फागुन २५ । युनिटी डोजाङ् काठमाडौंले आयोजना गरेको चौथो युनिटी तेक्वान्दो प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्दै धादिङका खेलाडी फर्किएका छन् ।
फागुन २३ गते देखि २४ गते सम्म संचालन भएको उक्त तेक्वान्दो प्रतियोगितामा धादिङका मित्र तामाङले स्वण जित्न सफल भए, भने पावल तामाङले रजत पदक जितेका थिए । यस्तै धादिङका सन्दिप तामाङ र मनोज तामाङ कास्य पदक जिते ।
तेक्वान्दो खेलमा मित्रले ५८ केजी तौल समुहमा स्वर्ण, पावलले ४२ तौल समुहमा रजत, सन्दिपले ५८ तौल समुहमा र मनोजले ५० तौल समुहमा कास्य पदक जितेका हुन् ।

