
धादिङबेसी फागुन २५ । धादिङबेसी पुछारबजार स्थित न्यू किबो बोर्डिङले मिर्गौला दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ ।
फागुन २७ गते मनाईने मिर्गौला दिवसको अवसरमा न्यू किबोले रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
रक्तदान जिवन दान हो, भन्ने नाराका साथ आयोजना गरिएको यस कार्यक्रमका धादिङबेसी र यस आसपास क्षेत्रका स्थानियहरुलाई सहभागि हुन आयोजक यू किबो बोर्डिङका प्रधानाध्यापक प्रयास रेग्मीले आग्रह समेत गरेका छन् । रक्तदान मंगलबार बिहान ८ बजे देखि दिउँसो ३ बजे सम्म हुने समेत रेग्मीले बताए ।
रक्तदान कार्यक्रमहरु धेरै हुने गरेका जिल्लाहरु मध्य पर्ने धादिङ, रक्तदान हव बन्दै गएको रेडक्रसकर्मी नारायण कुमार श्रेष्ठ बताउँछन् ।

