एड्भान्सका ३४ विद्यार्थीले ब्लाक बेल्टकाे लागि परीक्षा दिए

Avatar photo
Dhadingpost
फाल्गुन २४, २०७६

धादिङबेसी फागुन २४ । धादिङबेसी सदरमुकाममा रहेकाे एड्भान्स एकेडेमीमा अध्ययनरत ३४ जना विद्यार्थीले तेक्वान्दोकाे ब्लाक बेल्टका लागि परिक्षा दिएका छन् ।

२०७२ सालबाट तेक्वान्दो खेल पठन पाठन गराउँदै आएकाे एड्भान्स एकेडेमीमा अध्ययनरत ३४ जना विद्यार्थीले तेक्वान्दोकाे ब्लाक बेल्टका लागि शनिबार परिक्षा दिएका हुन् ।

३ देखि ६ कक्षा सम्मका विद्यार्थीहरुलाई विध्यालयकाे पाठ्यक्रममा नै समाबेस गरि तेक्वान्दो प्रशिक्षण दिदै आइरहेको एड्भान्स एकेडेमीका १ सय ५० जना भन्दा बढी विद्यार्थीले ब्लाक बेल्ट लिई सकेकाे प्रशिक्षक अमृत तामाङले धादिङपाेष्टलाई बताए ।