पश्चिमी वायुले देशभर वर्षा

Avatar photo
Dhadingpost
फाल्गुन २४, २०७६

धादिङ फागुन २४ । पश्चिमी वायुको प्रभावले उपत्यका सहित देशभर बिहानैदेखि वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल देशका पश्चिमी भूभागमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली भई देशको पश्चिमी भूभागका केही स्थानलगायत मध्य र पूर्वी भूभागमा वर्षा भइरहेको जनाइएको छ ।

उपत्यका र आसपासका जिल्लाहरुमा बिहानै देखि वर्षा भइरहेको छ । आइतबार भने पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।