क्वार्टर म्याराथुन प्रतियोगितामा खोटाङका जुनेश खड्का प्रथम

Avatar photo
Dhadingpost
फाल्गुन २३, २०७६

धादिङबेसी फागुन २३ । धादिङबेसी स्थित खुल्लामञ्चबाट ऐतिहासिक पौवाघर हुँदै भैरबी मन्दिर सम्म आयोजना गरिएको क्वाटर म्याराथुन दौडमा खोटाङका जुनेश खड्का प्रथम भएका छन् ।

५६ जनाले भाग लिएको उक्त प्रतियोगितामा खोटाङका खड्काले निर्धारित दुरी ५७ मिनेट १९ सेकेन्डमा पार गर्दै क्वार्टर म्याराथुन प्रतियोगितामा प्रथम भएका हुन् ।

यस्तै कालिकोटका देवराज महतराले ५९ मिनेट १६ सेकेन्डमा दुरी पार गर्दै द्वितिय र धादिङका श्रीलाल तामाङले १ घण्टा ५ सेकेन्डमा उक्त दुरी पार गर्दै तृतिय भए ।

त्यस्तै धादिङ नीलकण्ठ नगरपालिका ४ पौवाका रमेश ढकालले १ घण्टा ८ मिनेटमा दुरी गरी सान्तोना भएका थिए ।

भैरवि मन्दिर शिलान्यास कार्यक्रमको अवसरमा भएको उक्त प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय र सान्त्वनालाई कार्यक्रमका प्रमुख अतिथि योजना आयोगका उपाध्यक्ष पुष्प कडेलले क्रमशः नगद रु. २५ हजार, १५ हजार, १० हजार, ५ हजारका र मेडल, प्रमाण-पत्रद्धारा पुरस्कृत गरेका थिए ।

ऐतिहासिक पौवा घर संरक्षण, भैरवी मन्दीर संरक्षण एंव प्रचार प्रसारको आयोजना गरिएको खुल्ला क्वाटर म्याराथुन प्रतियोगिताको बागमती प्रदेश सांसद डा.राम कुमार अधिकारीले उद्घाटन गरेका थिए । फोटोः संजय देवकोटा

यस अघिको समाचार

धादिङबेसी-पौवा घर-भैरवी मन्दिर सम्म क्वाटर म्याराथुन सुरु

ऐतिहासिक पौवा घरको प्रचार-प्रसार गरिदिन अपिल