रेडक्रस धादिङको सभापतिमा ३ जनाको उम्मेदवारी

Avatar photo
Dhadingpost
फाल्गुन २३, २०७६

धादिङ फागुन २३ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाको फागुन ३० गते हुने निर्वाचनको लागि उम्मेदवारी मनोनयन दर्ता सकिएको छ ।

सभापति पदका लागि नारायण प्रसाद तिमल्सिना, जंगबहादुर तामाङ र केशरी प्रसाद पन्तले उम्मेदवारी दिएका छन् ।

यस्तै दुई पदका रहने उपसभापतिमा पुरुष तर्फ नेमबहादुर अधिकारी र डोलबहादुर अधिकारी, महिला तर्फ लक्ष्मी शाह र शान्तिकुमारी श्रेष्ठले उम्मेदवारी दिएका छन् ।

सभापति नारायण तिमल्सिनालाई बनाउने नेकपाको निर्णय

मन्त्रि पदका लागि पनि दुई जना दुर्लभ कुमार तामाङ र कृष्ण कुमार श्रेष्ठ ले उम्मेवादी दिएका छन् । तामाङ यस अघिको कार्यसमितिको कोषाध्यक्ष र श्रेष्ठ मन्त्री थिए ।

यस्तै कोषाध्यक्ष पदका लागि ३ जनाको उम्मेदवारी परेको छ जसमा मंगबहादुर तामाङ, कृष्ण प्रसाद लम्साल र मनिश दुवाडी छन् ।

शुक्रबार भएको उक्त उम्मेदवारी मनोनयन दर्तामा २ जना विष्णु प्रसाद ढुङ्गाना र नारायण कुमार श्रेष्ठ ले उम्मेदवारी दिएका छन् ।

उम्मेद्वारहरुको मनोनय पत्र-उपर दावी विरोध गर्ने समय फागुन २७ गते १२ बजेसम्मको लागि तोकिएको छ । शुक्रवार दिइएको उम्मेद्वारी फिर्ता लिने समय फागुन २९ गतेसम्मलाइ दिइएको छ ।

१७ जनालाई निवार्चित गर्न २९ उपशाखाबाट आएका प्रतिनीधि जिल्ला कार्यसमिति, पदाधिकारी र मनोनित सदस्यहरु समेत गरी कुल १ सय ६७ मतदाताले मतदान गर्ने छन् ।

उम्मेदवारहरुको नामावली यस्तो छ ?