
धादिङ, सल्यानटार, फागुन २३ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका स्थित सल्यानटार खोल्सीमा आज देखि हुने भनिएको श्रीमद् भागवत सप्ताह स्थगित भएको छ ।
दान अहिले नगरे कहिले गर्ने, यहाँ नगरे कहाँ गर्ने भन्ने नाराका साथ सुरुहुन लागेको श्रीमद् भागवत सप्ताह, नेपाल सरकारले कोरोना भाईरसको संक्रमणबाट बच्न भेला सम्मेलन नगर्न आव्हान गरिएकोले स्थगित गरिएको आयोजकले जनाएको हो ।
चक्रदेवि आधारभुत विद्यालयको अक्षयकोष निमार्ण र नरसिंह धाममा रहेका विद्यार्थीको सहयोगार्थ हुने भनिएको उक्त श्रीमद भागवत सप्ताहको कथा वाचन बालतपस्वी पण्डित उत्तम भट्ट महाराजले गर्ने कार्यक्रम रहेको थियो ।
