
धादिङबेसी फागुन २३ । धादिङबेसी सदरमुकामबाट नजिकको दुरीमा रहेको ऐतिहासिक पौवा घरलाई प्रचार प्रसार गरिदिन पौवा घर संम्रक्षण समाजले अपिल गरेको छ ।
बिहिबार पौवाघर परिसरमा पत्रकार सम्मेलनको आयोजना गर्दै समाजले करिब ४ जिर्ण बन्दै गएको सय वर्ष पुरानो इतिहास बोकेको पौवा घरको बारे प्रचार प्रसारमा सहयोग गरि पर्यटन प्रवर्धन सहयोग गर्न आग्रह गरिएको थियो ।
चन्द्रबिर पौवा घर बनेपछि काठमाडौको गुर्जघारा पौवा र हनुमान ढोकामा रहेको पौवा घर बनेको स्थानिय पौवाबासी स्थानीय समाजसेवी हरिबहादुर श्रेष्ठले बताए ।
यी तीनै पौवाहरु एकै कलात्मक शैलिबाट बनेको बताउँदै पहिलेको चन्द्रवीर पौवालाई नै हाल पौवा घर भनिने गरेको उनले दावी गरे ।


