एड्भान्समा ७२ जनाले गरे रक्तदान

Avatar photo
Dhadingpost
फाल्गुन २३, २०७६

धादिङ फागुन २३। धादिङबेसी पुछारबजारमा रहेकाे एड्भान्स एकेडेमीले आयाेजना गरेकाे ५५ औं राष्ट्रिय जुनियर युवा दिवसको अवसरमा ७२ जनाले रक्तदान गरेका छन् ।

विगत ३ वर्ष देखि जुनियर युवा दिवसका दिन रक्तदान कार्यक्रम गर्दै आएकाे एड्भान्स एकेडेमीको यस वर्ष बिहिबार सम्पन्न गरेकाे कार्यक्रममा ७२ जनाले रक्तदान गरेका हुन् ।

रक्तदान गर्ने ३१ जना महिला र ४१ जना पुरुष गरी कुल ७२ जनामा अधिकाँश कक्षा ११ र १२ का विद्यार्थी रहेका थिए ।

नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार सेवा केन्द्र धादिङको प्राविधिक सहयोग तथा जुनियर युवा रेडक्रस सर्कल एड्भान्सको सह–आयोजना र धादिङ सोसियल भोलेन्टियरको सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको एड्भान्स एकेडेमीका एशोसिएट प्रिन्सिपल भिमबहादुर श्रेष्ठले धादिङपोष्टलाई बताए ।