धादिङबेसी-पौवा घर-भैरवी मन्दिर सम्म क्वाटर म्याराथुन सुरु

Avatar photo
Dhadingpost
फाल्गुन २३, २०७६

धादिङबेसी फागुन २३ । धादिङबेसी स्थित खुल्लामञ्चबाट ऐतिहासिक पौवाघर हुँदै भैरबी मन्दिर सम्म आयोजना गरिएको क्वाटर म्याराथुन दौड सुरुभएको छ ।

ऐतिहासिक पौवा घर संरक्षण, भैरवी मन्दीर संरक्षण एंव प्रचार प्रसारको आयोजना गरिएको खुल्ला क्वाटर म्याराथुन प्रतियोगिताको बागमती प्रदेश सांसद डा.राम कुमार अधिकारीले उद्घाटन गरेका थिए ।

भैरवी मन्दिर संरक्षण तथा पर्यटन विकास समितिकोको आयोजनामा सुरुभएको उक्त १० किलो मिटरको क्वार्टर म्याराथुन प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय र सान्त्वनालाई क्रमशः नगद रु. २५ हजार, १५ हजार, १० हजार, ५ हजारका र मेडल, प्रमाणपत्रद्धारा पुरस्कृत गरिने बताईएको छ ।

तस्वीर सौजन्यः प्रदिप शाह

x