
काठमाडौं फागुन २१ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता तथा प्रदेश सांसद अक्कल रावल बलात्कारको अभियोगमा पक्राउ परेका छन् ।
एकजना महिलाले जवरजस्ती करणी गरेको आरोपमा उजुरी दिएसँगै अछामबाट निर्वाचित प्रदेश सांसद अक्कल रावल लाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी दक्षकुमार बस्नेतका अनुसार सांसद रावलविरुद्ध गत फागुन १४ गते एक महिलाले जवरजस्ती करणी उद्योगमा जाहेरी दिएकी थिइन् ।
रावलले भने बलत्कारको आरोप निराधार भएको तर्क गर्दै आएका छन् । एक प्रहरी अधिकारीका अनुसार रावलले आफूमाथि लागेको बलात्कार अभियोगलाई अस्वीकार गरेका छन् ।
अछामका रावल तत्कालीन नेकपा माओवादी केन्द्रबाट प्रदेश सभामा निर्वाचित भएका थिए।

