
धादिङबेसी फागुन २१ । धादिङबेसी स्थित एड्भान्स एकेडेमीमा ५५ औं राष्ट्रिय जुनियर युवा रेडक्रस दिवसको अवसरमा खुल्ला रक्तदान कार्यक्रम हुने भएको छ ।
प्रिन्सिपल भिमबहादुर श्रेष्ठका अनुसार बिहिबार बिहान ८ बजेबाट दिउँसो २ बजे सम्म एडभान्स एकेडेमीको माथिल्लो भवनमा बृहत् खुल्ला रक्तदान कार्यक्रम हुन लागेको हो ।
एड्भान्स एकेडेमीले रक्तदान कार्यक्रम आयोजना गरेको अघिल्लो दिन बुधबार कक्षा ११ र १२ का विद्यार्थीहरुलाई रक्तदान किन गर्ने गर्नु पर्छ, रक्तदान गर्दाको फाईदाका विषयमा अभिमुखिकरण कार्यक्रम समेत सम्पन्न गरेको छ ।
कार्यक्रमलाई धादिङका रेडक्रसकर्मी नारायण कुमार श्रेष्ठले स्वस्थ मानिसले हरेक तीन महिनामा रक्तदान गर्दा शरीरमा कुनै हानी नोक्सान नहुने बताउँदै अभिमुखि कार्यक्रमलाई सहजिकरण गरेका थिए ।

