
धादिङ फागुन २१ । धादिङको त्रिपुरासुन्दरी र गंगाजमुना गाउपालिमा रहेका आन्तरीक तथा वाह्य पर्यटकिय क्षेत्रहरुको प्रवद्र्धनका लागि आयोजना गरिएको म्याराथुन प्रतियोगिता स्थगित भएको छ ।
भिजिट २०२० लाई लक्षित गर्दै फागुन २४ आयोजना गरिएको अचनेटार गंगाजमुना सल्यानकोट म्याराथुन प्रतियोगिता सरकारले भ्रमण वर्ष २०२० स्थगित गरे सँगै स्थगित भएको आयोजकले बताएको छ ।
आयोजक अचने उपभोक्ता समितिले सूचना जारी गर्दै सरकारले सभा सम्मेलन भेला वा महोत्सव जस्ता कार्य नगर्न र कोरोना भाईसरको संक्रमणबाट जोगिन आग्रह गरिएकोले प्रतियोगिता स्थगित गरिएको जनाएको छ ।
प्रतियोगितामा विजयी खेलाडीहरुलाई प्रथम पुरस्कार १ लाख, द्वितिय पुरस्कार ७५ हजार र तृतिय पुरस्कार ५० हजार प्रदान गरिने आयोजकले घोषणा गरिएको थियो ।


