
धादिङ फागुन २१ । बेनिघाट रोराङ गाउँपालिकाले चैत्र १ गते देखि ९ गते सम्म दादुरा रुबेला खोप अभियान संचालन गर्ने भएको छ ।
खोप कार्यक्रमलाई सफल बनाउन बसधबार खोप समितिका पदाधिकारीहरुलाई दादुरा रुबेला खोप अभियाना सम्बन्धी अभिमुखिकरण गरिएको छ ।
गाउँँपालिका स्तरी खोप सम्न्वय समितिका अध्यक्ष एवम गाउँपालिका अध्यक्ष पित्तबहादुर डल्लाकोटी (हरि) को अध्यक्षतामा अभिमुखी करण कार्यक्रम सम्पन्न थियो ।
कार्यक्रममा बेनिघाट रोराङ गाउँपालिकाका उपाध्यक्ष देवि प्रसाद सिल्वाल, वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, स्वास्थ्य चौकीका प्रमुख तथा प्रतिनिधि, विद्यालयका प्रअ तथा प्रतिनिधि, विभिन्न सङ्घ सस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।
विश्व स्वास्थ्य सङ्गठनका सर्भिलेन्स मेडिकल अफिसर डाक्टर रुपेश तिमिल्सिनाले खोपको महत्व, खोपको अवस्था, खोप सँग सम्बन्धित जोखिम, समस्या तथा चुनौतीहरु, खोप सम्बन्धी सूक्ष्म योजना तयार गरि प्रभाबकारी कार्यान्वयनका विषयमा सहजिकरण गरेका थिए ।
बेनिघाट रोराङ गाउँपालिकाले वडा नम्बर १ देखि १० सम्मका सबै वस्तीका बालबालिकालाई चैत्र १ देखि ९ गतेसम्म दादुरा रुबेला खोप लगाउने कार्ययोजना तयार भएको छ ।
बेनिघाट रोराङ गाउँपालिकामा ५५ वटा खोप केन्द्रहरुमा ९ महिना उमेर पूरा भइ ५९ महिना ननाघेका सबै बालबालिकालाई दादुराको खोप लगाउने तयारी गरेको छ ।
यस्तो छ, खोप कार्यक्रम



