कोरोना प्रभावः वैदेशिक रोजगारी अनुमति बन्द

Avatar photo
Dhadingpost
फाल्गुन २१, २०७६

काठमाडौं फागुन २१ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीलयले कोरोनाभाइरसको सङ्क्रमण देखिएका विश्वका कुनै पनि देशमा जाने नेपाली कामदारलाई केही समयका लागि श्रम स्वीकृति नदिने निर्णय गरेको छ ।

मन्त्री रामेश्वर राय यादवले कोरोनाभाइरसका कारण नेपाली कामदारलाई समस्या नपरोस् भनेर उनीहरुकै सुरक्षाका लागि श्रम स्वीकृति नदिने निर्णय गरिएको बताए ।

नेपालमा अहिले सम्म १ एक जना भन्दा बढीलाई कोरोनाको संक्रमण देखिएको पुष्टि भएको छैन भने संक्रमण देखिएका ति व्यक्ति पनि कोरोना भाईरस मुक्त भई सकेका छन् ।